FAQs Complain Problems

परिचयः फुङलिङ नगरपालिका

संक्षिप्त परिचय

साबिक ताप्लेजुङ नगरपालिका नेपाल सरकारको निर्णय अनुसार बि.स.२०७१ साल बैशाख २५ गते गठन भएको नयां नगरपालिका हो l हाल ताप्लेजुङ नगरपालिका नाम परिवर्तन भई फुङलिङ नगरपालिका भएको हो l फुङलिङ नगरपालिकाको नामाकरण लिम्बू भाषाको ‘फूङ’ अर्थात ‘फूल’ र ‘लिङ’ अर्थात ‘उम्रेको’ वाट भएको  हो । यसर्थ फूल उम्रेको ठाउँ भएकाले यस ठाउँको नाम फुङलिङ रहेको हो ।  यस नगरपालिकाको कुल क्षेत्रफ़ल १२५.५७ बर्ग किलोमिटर रहेको छ l नगरपालिकाको पूर्व तर्फ सिरिजंघा र पाथीभरा याङवरक गाउँपालिका, पश्चित तर्फ मिक्वाखोला र मेरिङ्देन गाउँपालिका, उत्तर तर्फ फक्तालुङ गाउँपालिका र दक्षिण तर्फ आठराई त्रिवेणी गाउँपालिका पर्दछ । ताप्लेजुङ जिल्ला २७*१५" देखि उत्तरी अक्षांश र ८७*३२"पूर्वी देशान्तर भित्र पर्दछ l नेपालमै पहिलो घामको झुल्को पर्ने ठाँउ पर्यटनमा कुमारित्व बोकेको, धार्मिक महत्वको कोशी  नदीको एक सहायक नदी तमोर किराँत धर्मको आस्थाका पवित्र स्थल लोप हुन लागेको रेड पाण्डा, कालो भालु हिउँ चितुवा,शिकारी भोटे काग, डाँफे, मुनाल, कालिज आदि दुर्लभ बन्यजन्तु र चराचुरंगीको वासस्थान, ८४४ प्रजातिका बनस्पति १६ प्रकारका जंगल २८ प्रजातिका गुराँस, ४८ प्रजातिका सुनगाभा, १३ प्रकारका रैथाने बिरुवा र १३७ प्रजातिका ग्रैह काष्ठ वन पैदावार पाउने, आदि जडीबुटी र सुन्दर फुलैफूलको बगैंचा जैविक विविधताले सम्पन्न/प्रकृतिको एक वरदान विश्वमा नै सबै भन्दा बढी गुराँस पाइने गुराँसको राजधानी रहेको यस ताप्लेजुङ जिल्ला वास्तबमै प्राकृतिक, जैविक,जातजाति, धार्मिक सहिष्णुता, सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपालकै पहिलो घामको झुल्को पर्ने ताप्लेजुङ जिल्लाको सदरमुकाममा अबस्थित फुङलिङ नगरपालिका बिस्तारै आधुनिक शहरको रुपमा विकास भइरहेको शहर हो l यस नगरपालिकामा वसोवास गर्ने प्रमुख जातिहरुमा लिम्बु‚ वाहुन‚ गुरुङ‚ क्षेत्री‚ तामाङ‚ राई‚ सुनुवार‚ कामी‚ नेवार‚ शेर्पा‚ भेटे‚ मगर‚ दमाई‚ भुजेल‚ याक्खा‚ सार्की आदि पर्दछन । यस नगरपालिकालाई ११ वटा वडामा विभाजन गरिएको छ ।

नगरपालिका केन्द्रः

फुङलिङ -७, ताप्लेजुङ

क्षेत्रफलः 

१२५.५७ वर्ग किलोमिटर

 जनसंख्या

२८‚४४९ ( २०७८ सालको जनगणना अनसुार)

जनघनत्वः

२२७ प्रति वर्ग कि.मी.

लैङ्गिक अनुपातः 

९६.६३

साक्षरता दरः

परुषः ९१.७ प्रतिशत र महिलाः ८१.५ प्रतिशत